पछिल्लो समयमा प्रकासित

समचार

                               देवदहमा सडक कति कुनस्तरका
त्रिलोचन दाहाल
         भर्खरै मात्र नगरपालिका घोषणा भएको देवदह नगरपालिकामा सडक सञ्जालको अवस्था राम्रो रहेको छ । तत्कालिन देवदह र केरवानी गा.वि.स. मिलेर बनेको देवदह नगरपालिकामा रहेका सडक संख्यालाई हेर्ने हो भने सडक सञ्जालको हिसावले राम्रो अवस्था रहेको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको भनाई रहेको छ । तत्कालिन गा.वि.स.हरुले नै सडकको मापदण्ड सुरु गरेको कारण अहिले नगरपालिका हुदा सजिलो भएको सरोकारवालाहरुको भनाई रहेको छ । देवदह नगरपालिकाले तयार गरेको नगर सडक यातायात गुरुयोजना अनुसार देवदह नगरपालिका भित्र ६ सय ३९ वटा सडक रहेका छन् । यी सबै सडक न्युनतम २० फिट वा सो भन्दा माथी चौडाई रहेको नगरपालिकाका कार्यकारी अधिकृत घिमिरेको भनाई रहेको छ । नगर सडक यातायात गुरुयोजनामा उल्लेख गरिए अनुसार देवदह नगरपालिकामा २० फिट भन्दा बढि चौडा सडकको लम्वाई करिव ३ सय ३० किलोमिटर रहेको छ । अहिले २० फिट भन्दा कम चौडाई भएका सडकहरुलाई समेत २० फिट पु¥याउने भनेर स्थानियवासिन्दाले प्रतिवद्धता जनाएका सडकहरु गुरुयोजनामा समेटिएको कार्यकारी अधिकृत घिमिरेले बताउनु भयो । देवदह नगरपालिकाले तयार गरेको नगर सडक यातायात गुरुयोजनामा एक सय ३७ वटा सडकलाई मुख्य प्राथामिकतामा राखिएको छ । यी सडकहरु ५ वर्ष भित्र निर्माण कार्य पुरा गर्ने गरी योजना बनाईएको देवदह नगरपालिकाले जनाएको छ । बाकी रहेका अन्य  सडकहरुको पनि निर्माण कार्य पनि निरन्तर हुने नगरपालिकाले जनाएको छ । देवदह नगरपालिकामा रहेका मुख्य तथा साहायक सडकहरुमा वाली लगाउने, गाई बाख्रा डो¥याउने गर्दा सडक दुर्घटनामा बृद्धि भएको छ । सडकलाई सडककै रुपाम प्रयोग गर्नु पर्ने अहिलेको आवश्यकता देखिन्छ ।
सडकमा दीगो काम हुन सकेन
        देवदह नगरपालिकामा जती सडकको संख्या र लम्बाई छ त्यो अनुसार सडकको क्षेत्रमा काम हुन सकेको छैन । अहिले सम्म अधिकांश सडकहरु अव्यवस्थित अवस्थामा रहेका छन् । अधिकांश सडकहरुमा बर्षातको समयमा ठूला ठूला खाल्डा परेर आवत जावत गर्न सकिदैन भने हिउद र सुख्खा समयमा धुलोको कारण माटो नजिक भएका घरमा बस्न नसक्ने अवस्था हुन्छ । नगरपालिकाले बर्षेनी लाखौ रुपैया सडक निर्माणमा बिनियोजन गरे पनि बाटोको अवस्थामा भने खास सुधार आउन सकिको पाईदैन । नगरपालिका भित्र गरिएका कालो पत्रे सडक समेत कालो पत्रे गरिनसक्दै भत्किनेगरेका छन् । आ.व. २०७२÷०७३ मा कालो पत्रे गरिएका सडक समेत भत्किएका छन । अधिकांश सडक निर्माणको बजेट पहुचको आधारमा बिनियोजित हुने हुदा काम समेत दीगो हुन नसकेको सरोकारवालाहरुको भनाई रहेको छ । कालो पत्रे जस्तै ग्रावेलको अवस्था पनि उस्तै रहेको छ । एउटै बाटोमा लगातार रकम पर्दा समेत बाटोको अवस्थामा सुधार आउन नसकेको स्थानिय वासीको भनाई रहेको छ । 
        गुणस्तरमा कही कतै सम्झौता हुन नसक्ने देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे बताउनु हुन्छ । अर्को बर्ष देखि गुणस्तर हेर्ने कन्सल्टेन्सीको व्यवस्ता गर्ने घिमिरेको भनाई रहेको छ । समयमा काम हुन नसक्दा सडक छिटो बिग्रिने गरेको देवदह नगरपालिकाका सव ईन्जिनियर नारायण काप्mले बताउनु हुन्छ । एकातर्फ समयमा काम हुन नसक्ने र अर्को तर्फ गुणस्तर युक्तकाम नहुने हुदा सडकको काम कमजोर हुने गरेको उहाको भनाई छ । कतिपय अवस्थामा गुणस्तरको कुरा गर्दा उपभोत्ताहरु रिसाउने गरेको काप्mलेको भनाई रहेको छ । गणस्तरको कुरा गरेर योजना पास नगर्दा दवाव आउने र बाध्य भएर पास गर्नु परेको उहाको भनाई रहेको छ ।
       एकले अर्कोको कमजोरीमात्र देखाउनु भन्दा पनि उपभोक्त आफै सचेत बन्ने, नगरपालिकाले समयमा काम गर्नु पर्दछ भनेर सकैलाई सचेत गर्ने र गुणस्तरलाई कडाईका साथ लागु गर्ने तथा अरुले प्राविधिकलाई दवाव नदिने हो भने र आवश्यकताको आधारमा बजेट बिनियोजन गर्ने हो भने सडक बलियो र राम्रो बन्न सक्ने हुन्छ ।
देवदह नगरपालिकामा कुन स्तरका सडकको कती लम्बाई
ए ग्रेड    ७१ किलोमिटर
बी ग्रेड   ८६ किलोमिटर
सी ग्रेड   ७३ किलोमिटर
डी ग्रेड   ९८ किलोमिटर 

No comments