पछिल्लो समयमा प्रकासित

देवदह पूर्व विद्यार्थी समाज गठन

देवदह साप्ताहिक (कार्तीक २७)
    देवदह उच्च मा.वि. देवदह ८ रुपन्देहीमा पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ ।
    भेलाले उमकान्त अधिकारीको अध्यक्षतामा १५ सदस्य देवदह पूर्व विद्यार्थी समाज गठन गरेको छ । जसको उपाध्यमा सुरज खरेल, सचिवमा दिलकुमार बि.क., सह–सचिवमा थानेश्वर लम्साल, कोषाध्यक्षमा कमला अर्याल, सदस्यहरुमा गंगाविष्णु चौधरी, चित्रबहादुर सुनारी, सविन शर्मा, हेमन्त रिजाल, रामविर कुमाल, कृष्ण प्रसाद अर्याल, ऋषी खनाल, सिमा शर्मा लगायत रहनु भएको छ । त्यसैगरी भेलाले गंगाविष्णु चौधरीको संयोजकत्वमा ७ सदस्य सुचना तथा सम्पर्क समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रकाश न्यौपाने, ध्रुव अर्याल, कमल भण्डारी, लोकेन्द्र जर्घा, शेरबहादुर क्षेत्री र सन्तोष रेग्मी रहनु भएको छ । सो भेलामा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सिद्धिचरण भट्टराईले पूर्व विद्यार्थीहरुले विद्यालयको समग्र विकासमा योगदान पु¥याउनु पर्नेमा जोड दिनुभयो । उहाँले समाज परिवर्तनमा लाग्न पूर्व विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
उमकान्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक टेकबहादुर बुढाथोकी, ऋषिश्वर अर्याल, गायत्री प्रसाद खरेल, मिना श्रेष्ठ, शेरबहादुर क्षेत्री, प्रकाश न्यौपाने, केशवप्रसाद घिमिरे, दुर्गाप्रसाद पौडेल, धनञ्जय सापकोटा, रमेश काफ्ले, खुमप्रसाद भण्डारी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । अनिता बुढाथोकीको स्वागत र सिमा शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments