पछिल्लो समयमा प्रकासित

वडा स्तरीय भलिवलको उपाधी भलुहीलाई

मंसीर १ । रुपन्देहीको देवदहमा संचालित वडा स्तरीय भलिवलको उपाधी भलुहीले जित्न सफल भएको छ । फाईनल खेलमा चरङ्गेलाई ३–३ को सेटमा हराउदै भलुहीले उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा भलुहीले २५–१९, २५–१०, १५–१० ३ सेट जित्न सफल भएको थियो भने, चरङ्गेले २५–२२, २५–२३ मा २ सेट जितेको हो । चरङ्गेले सेमिफाईनलमा नेपाल मगर संघ शिलतनगरलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । त्यसैगरी भलुहीले आधीखोला खैरेनीलाई हराउदै फाईनलमा प्रवेश गरेको हो । जित संगै भलुहीले ७ हजार ५ सय र उपविजेता चरङ्गेले ५ हजार हात पारेको छ । स्वतन्त्र भुतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहले आफनो चौथो साधारणसभाको अवसरमा वडा स्तरीय भलिवलको आयोजना गरेको हो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । विजेता टिमलाई परिवारको वार्षिक साधारणसभाको दिन पुस्कार वितरण गरिने अध्यक्ष कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

No comments